यो पटक रूखमै भोट हाल्नुहोस्, सूर्यमा अर्कोपटकः गगन थापा

यो पटक रूखमै भोट हाल्नुहोस्, सूर्यमा अर्कोपटकः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब महिलालाई काठमाडौं महानगरको जिम्मेवारी दिने स्थानमा पुर्‍याउन अपिल गरेका छन्। बिहीबार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले कांग्रेसले जनताका समस्यालाई समाधान गर्नसक्ने मेयरको रुपमा काठमाडौं महानगरपालिकामा महिलालाई मेयरमा उठाएको दाबी गरे। महामन्त्री थापाले  कागजमा महिलालाई बराबर हक, अधिकारको कुरा गरेर बाहिर दोस्रो दर्जाको सोच्ने प्रवृत्तिलाई हटाउन आवश्यक रहेको बताए।

महामन्त्री थापाले साना साना काठमाडौंवासीका समस्या समाधान गर्छु भनेर लाग्ने महिलालाई स्थान दिन चुकेमा काठमाडौंवासीले स्वच्छ, हराभरा र सुरक्षित काठमाडौंको कल्पना गर्न नसक्ने बताए।