जबरजस्ती करणी गरेको दुई जना पक्राउ

जबरजस्ती करणी गरेको दुई जना पक्राउ

काठमाडौं, २० वैशाख । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ घर भई हाल बबई गाउँपालिका–६ कौसीलापुर मामा घरमा बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई गत शनिबार ललाई फकाई आफ्नै खाली घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बेलुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका(१० बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले ती किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी बिट दैजिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।