'जारि'को दुई दिनमा ४ करोड भन्दा बढी कमाई 

1.

नेपाली चलचित्र ‘जारी’ले रिलिज भएकै दियन आक्रामक ओपनिङ्ग देखाएको थियो।  उक्त चलचित्र रिलिज भएको २ दिन भित्र घरेलु बक्स अफिसमा ४ करोड भन्दा बढी कमाई गरेको छ।  रिलिज भएको पहिलो दिन सोहि चलचित्रले दुई करोड १५ लाख रुपैयाँको कमाइ गरेको थियो।  

यस्तै शनिबार पनि विभिन्न हलमा जारिको माग भरिभराउ रहेको थियो।  जसमा २ करोड भन्दा माथि कै कारोबार गरेको सोहि चलचित्र  पोखरा, चितवन, नारायणगढ, बुटवल, नेपालगञ्जको हालहरुमा आफ्नो शिर्ष स्थान बनाएको थियो।  

विशेषगरी लिम्बू समुदाय लक्षित सामाजिक व्यवस्थामाथि चित्रण गरिएको 'जारि' चलचित्रलाई दयाहाङ राई र मिरुना मगर स्टारर ‘कबड्डी’ श्रृंखलाको क्रेजले राम्री समर्थन गरेको हो।  

काठमाडौंसहित विशेषगरी पूर्वी सहरका हलहरु शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शनमा आएको जारि फिल्मले दुई दिनमै फिल्मको कुल कमाइ चार करोड रुपैयाँ ग्रसभन्दा माथि रहेको छ।  यस फिल्मको जम्मा लागत  १ करोड ५० लाख रहेको छ।  

यस्तै दोश्रो स्थान बनाउन सफल भएको फिल्म 'बिहे पास' ले पनि राम्रै कमाइ गरेको छ।  रिलिज भएको पहिलो दिनमा ३ लाख को कमाइ गरेको थियो। दयाहाङ र प्रकृति श्रेष्ठ स्टारर फिल्मले पनि सन्तोषजनक कमाइ गरिरहेको छ।  तर नयाँ वर्षमै रिलिज भएको अर्को फिल्म ‘बुलाकी’ले आफूलाई बक्स अफिसमा स्थापित गराउन सकेन ।