अभिनेत्री प्रियंका कार्कीसँग सीआईबीको सोधपुछ, यस्तो छ आरोप

अभिनेत्री प्रियंका कार्कीसँग सीआईबीको सोधपुछ, यस्तो छ आरोप

अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोधपुछका लागि बोलाएको छ। सीआईबी स्रोतका अनुसार कार्कीले नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीको बारेमा सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको पाइएपछि उनलाई सोधपुछका लागि बोलाइएको हो। 

अवैध रहेका यस्ता सामाग्री तथा गतिविधिको प्रसारप्रसार नगर्ने सर्तमा कागज गराएर कार्कीलाई छाड्न लागिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘उहाँलाई सामान्य सोधपुछका लागि बोलाइएको हो। प्रक्रिया पुरा गराएर छाड्ने तयारीमा छौं,’ सीआईबी स्रोतले भन्यो।