जसपा केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनमा पार्टीलाई केन्द्रित गर्नुपर्ने नेताहरुको जोड

जसपा केन्द्रीय समिति बैठकः स्थानीय निर्वाचनमा पार्टीलाई केन्द्रित गर्नुपर्ने नेताहरुको जोड

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचन केन्द्रित छलफल सुरु भएको छ । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताए । प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल भएको छ। यो बैठक भोलिसम्म चल्नेछ । यसको पहिलो एजेण्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा प्रस्तुत भइरहेको छ ।’

दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले बताए । नेताहरुले पार्टीलाई स्थानीय निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिने गरेका छन् ।