दुई पांग्रे गाडी एकआपसमा ठोक्किँदा धादिङमा एक जनाको मृत्यु 

1.

धादिङमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  

मृत्यु हुनेमा मोटरसाइकलका चालक गोरखा नगरपालिका–९ बस्ने २६ वर्षीय लक्ष्मण बानियाँ रहेका छन् । दुर्घटनामा घाइते भएकोमा उनको उपचारका क्रममा गजुरी अस्पतालमा मंगलबार मृत्यु भएको थियो । 

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ५८२६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०३ प १६५५ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा मृत्यु भएको हो।  

यस्तै उक्त दुर्घटनामा घाइते भएका स्कुटर चालक गजुरी गाउँपालिका–२ बस्ने ५५ वर्षीय चेतनारायण श्रेष्ठको सोहि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।