सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो ‘साकम्बरी’ 

1.

प्रकाश सपुतको गीत ‘साकम्बरी’ पछिल्लो समय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । नकारात्मक र सकारात्मक चर्चाको बिचमा पनि गितको धेरै जसो प्रशंसा भइरहेको छ ।

विभिन्न अन्तर्वार्ताहरुमा संकम्बरी एक वास्तविक कुरा देखाएको र नराम्रो गर्नेहरुको पर्दाफास गरेको समेत बताइएको छ। यस्तै साङ्ग्लोको विषयलाई जोडेर कतिपयले आफुहरु रोएको र निकै मर्माहत दिएको समेत बताएका छन्।

“सहि विषयबस्तु हो, प्रकाश सपुत को अब म पूजा गर्छु, जो जो यस्तो धन्दामा लागेका छन् तिनीहरुले विरोध गरेको हो। ” कयौ सुराहित फिल्मलाई एउटा गितले जितेको छ। जय किशनले भने।

फिल्म पनि त बलात्कार गरि मारेको भन्दै जसले गल्ति गरेको उसैलाई पिर परेको दोहोरि गायक जेबी ओलीले बताए। उनले भने, ‘प्रकाश सपुत एक गितसंगीतको हिरो हुन्, उनलाई जिरो बनाउने तिर लागेका छन्। विरोधीहरुले रिस डाह गरेका हुन्।’ यो एउटा राजा मारिने देश हो, यहा जे पनि हुन् सक्छ। जुन बेलापनि मार्न सक्छन। ‘

कतिपयले प्रकाशले गीतमार्फत महिलाको आँसु र भावना बेचेको आरोप लगाएका छन् । वकिल तथा लेखक दुर्गा कार्कीले आफूले प्रकाश सपुतको गीत पुरै हेर्न नसकेको भन्दै आलोचना गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मेरो दिक्दारी गीतलाई पस्कन सपुतले प्रयोग गरेको कमजोर रुने प्रवृत्ति हो ।’

यस्तै वर्तमान समाजको चित्रण गरिएको उक्त म्युजिक भिडियोमा एक जना केटिलाई सपना देखाएर फाइदा लिएको देखिन्छ । डान्स बार, नाइट क्लब जस्ता रात्रिकालीन व्यवसायहरूमा लगाएको र खराब वातावरण सिर्जना गरेको देखिन्छ।

गायक प्रकाश सपुतको गीत आलोचनामा परेको यो पहिलो होइन । यस अगाडि पनि उनले सार्वजनिक गरेको ‘पीर’ बोलको गीत आलोचनामा परेको थियो ।

अहिले सकम्बरी भूमिकामा खेलेकी कुसुम शर्माले आफुले सोहि म्युजिक भिडियोबात आफ्नो कलाकारिता क्षेत्रमा लागेको बताइन।

यसअघि तिन दिनमा ट्रेन्डीङमा आएको ‘सकम्बरी’ नेपाली म्युजिक भिडियो हटाउन रात्रिकालीन व्यवसायी संघले माग गरेको थियो। तर सोहि विषयलाई लिएर समाजिक संजाल नै तत्तिएको छ।