बालिका बलात्कार आरोपमा एकजना पक्राउ

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदास रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।  

प्रहरीका अनुसार उनले नाबालिकालाई पाल्पाबाट ल्याई बलात्कार गरेका थिए। बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको थियो। अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए।

प्रहरीका अनुसार ती बालिका पाल्पास्थित घरमा बस्दै आएकी थिइन्। उनी अनलाइनबाट खेलिने गेम ‘फ्री फायर’ खेल्ने गर्थिन् । यही क्रममा उनको भेट महेशसँग भयो। महेशले उनलाई विभिन्न बहानामा फेसबुकमा साथी बनाएर प्रलोभन देखाई काठमाडौं ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।