गठबन्धनका राष्ट्रविरोधी नीति र कदमहरुका कारण मुलुकमा आर्थिक संकट आयो–एमाले 

गठबन्धनका राष्ट्रविरोधी नीति र कदमहरुका कारण मुलुकमा आर्थिक संकट आयो–एमाले 


काठमाडौं, ३० वैशाख ।  विगतमा पाँच दलीय गठबन्धन सत्तामा हुँदा चालिएका राष्ट्रविरोधी नीति र कदमहरुका कारण मुलुकमा आर्थिक संकट आइपरेको नेकपा (एमाले) ले आरोप लगाएको छ । आज सकिएको केन्द्रीय कमिटीको बैठकले पाँच दलीय गठबन्धन सरकारले व्यापारीका प्रतिनिधिहरुलाई अर्थ मन्त्रालयमा राखेर उनीहरुका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभावस्वरुप मुलुक चरम आर्थिक संकटतर्फ धकेलिएको आरोप लगाएको हो । बैठकले त्यसबारे समसामयिक प्रस्ताव नै पास गरेको छ ।

बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख हुनुका पछाडि विगतमा गठबन्धन सरकारले लिएको नीति र व्यवहार दोषी रहेको निर्णय भएको बताएका छन् ।एमालेले सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने भनेर बजेटमा घोषणा गरेको भए पनि त्यो २ प्रतिशतसमेत कायम नहुने परिस्थिति बनेकोप्रति ध्यानाकर्षण गराएको छ ।

ुपाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्रविरोधी नीति र कदमहरूको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको छ । व्यापारीका प्रतिनिधिहरूलाई अर्थ मन्त्रालयमा राखेर उनीहरूका स्वार्थ अनुकूल करका दर हेरफेर गरी बजेट बनाएको र अर्थतन्त्रको ठेक्का निश्चित व्यापारिक घरानालाई दिएको प्रभावस्वरूप यतिबेला मुलुक चरम आर्थिक संकटतर्फ धकेलिएको छ,ु एमाले बैठकबाट पारित समसामयिक प्रस्तावमा भनिएको छ,यही गठबन्धनकै सरकारले चालु आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन्छ भनेर बजेटमा घोषणा गरेकोमा दुई प्रतिशत पनि हुन्छ कि हुन्न भन्ने अवस्था उत्पन्न भएको छ ।