पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?, यस्तो छ विवरण

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?, यस्तो छ विवरण

नेपालमा पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा १३० जना कोरोनाबाट निको  भएका छन् भने हाल ४ हजार ७४६ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।