कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु हुँदा संक्रमित १ सय ६ जना थपिए 

1.

आज कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ।  वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । 

पछिल्लो २४ घण्टाको नमुना परिक्षणबाट १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।


यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । साथै काठमाडौं उपत्यकामा संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् भने ५ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।