परराष्ट्रमन्त्री साउद बेलायत जाँदै, चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुँने

परराष्ट्रमन्त्री साउद बेलायत जाँदै, चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुँने


काठमाडौं, २१ बैशाख । आज परराष्ट्रमन्त्री एनपी साउद बेलायत जाँदै छन् । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद आज बेलायत जान लागेका हुन् ।

उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो । स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भए पछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो । पराराष्ट्र मन्त्री बिहान ११ बजे बेलायत प्रस्थान गर्नेछन् ।