बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

काठमाडौं, २० वैशाख । सुनको मूल्य आज  १ हजार ८०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।