भिजन लुम्बिनी ऊर्जाले पायो आईपीओ बिक्री गर्ने अनुमति

भिजन लुम्बिनी ऊर्जाले पायो आईपीओ बिक्री गर्ने अनुमति

काठमाडौ, ७ भदौ । नेपाल धितोपत्र बोर्डले २५ मेगावाटको सेतीखोला जलविद्युत आयोजनाको प्रवर्द्धन गर्दै आएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । यो आईपीओमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।