भारतको जम्बुमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

भारतको जम्बुमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काठमाडौं, १६ जेठ । भारतको जम्बुमा बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अमृतसरबाट कटरा जाँदै गरेको बस गहिरो खाडलमा खस्दा ९ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बस दुर्घटनामा धेरै जना घाइते भएको बताइएको छ । घाइते सबैलाई अस्पताल पठाएको छ भने मृतकहरुको अझै सनाखत हुन सकेको छैन ।

यसअघि जम्मूका डीसीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । तर, अहिले मृत्यु हुनेको संख्या बढेको छ । घाइतेहरुलाई सरकारी मेडिकल कलेज र अस्पतालमा लगिएको छ । पञ्जाबको अमृतसरबाट श्री माता वैष्णो देवी कटडा जाँदै गरेको भक्तजनको बस झज्जर कोटली क्षेत्रमा पुलबाट खसेको हो । पुलको खाडल करिब ५० फिट गहिरो रहेको बताइएको छ ।