यस्तो छ,आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ,आजको विदेशी मुद्रा विनिमय दर


काठमाडौं, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ९० पैसा र बिक्री दर ८४ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।