राष्ट्रपति पौडेल र जापानी राजदूत युताकाबीच भेटवार्ता

राष्ट्रपति पौडेल र जापानी राजदूत युताकाबीच भेटवार्ता


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज राष्ट्रपति भवन शितलनिवासमा आज भएको सो शिष्टाचार भेटवार्तामा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुल्ला दिलले प्रशंसा गरेको बताए ।

उनले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पु¥याई आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।