पोखरामा कांग्रेसका पदाधिकारीलाई कार्यकर्ताले पार्टी कार्यालयमा थुने

पोखरामा कांग्रेसका पदाधिकारीलाई कार्यकर्ताले पार्टी  कार्यालयमा थुने

पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् । सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ ।

कास्की कांग्रेसका सचिव भानु ढकालका अनुसार असन्तुष्ट कार्यकर्ताले वार्तास्थल स्नोल्यान्ड होटेलबाट उठाएर उनीहरूलाई पार्टी कार्यालयमा थुनेका हुन् ।