वर्षासँगै आएको बाढीपहिरोः बीपी राजमार्गसहित यी राजमार्ग अझै अवरुद्ध

वर्षासँगै आएको बाढीपहिरोः बीपी राजमार्गसहित यी राजमार्ग अझै अवरुद्ध

काठमाडौं । असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट अवरुद्ध सडक तथा राजमार्ग केही खुले पनि केही सडक अझै पूर्णरुपमा ठप्प रहेका छन् ।नेपाल प्रहरीले आज बिहान सडक तथा राजमार्गहरुको अवस्थाबारे जानकारी दिँदै काठमाडौँ उपत्यकासहितका साना सडकदेखि कतिपय राजमार्ग समेतमा अझै सवारी सञ्चालन हुन नसकेको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार पहिरोका कारण काठमाडौं उपत्यकाअन्तर्गत दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रुपमा अवरुद्ध छ भने ललितपुरको गोदवारी नगरपालिका–६ स्थित लेले टिकाभैरव जाने सडक एकतर्फी सञ्चालनमा आएको छ ।

यस्तै, मकवानपुर–कुलेखानी–मार्खु सडक, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक, सिस्नेरी–दक्षिणकाली सडकखण्ड तथा कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध छन् ।यसैगरी, बीपी राजमार्ग अन्तर्गत भकुण्डेदेखि खुर्कोटसम्मको खण्ड ठप्प रहेको छ ।