शहिद स्मारक लिगः आज तीन खेल हुँदै

शहिद स्मारक लिगः आज तीन खेल हुँदै


काठमाडौं, १० जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार २१ औं राउन्डका खेल हुन लागेका हुन् ।
 
जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ । 

 उता, दशरथ रंगशालामा २ बजेबाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ ।रंगशालामा हुने दोस्रो खेल साँझ ६ बजेवाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबकाबीचमा प्रतिस्पर्धा हुनेछ ।