पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध

 पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध

काठमाडौं, २० वैशाख । पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका–६ धार्के सडकखण्डमा सवारी आवागमन फेरि अवरुद्ध भएको छ । धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको पुलको मुखमा जमिन भ्वाङ परेपछि फेरि सवारी आवागमन रोकिएको हो ।

सोमबार पुल भासिएपछि अवरुद्ध भनेको सवारी आवागमन मंगलबार बिहानबाट एकतर्फी चल्न थालेको थियो ।  फेरि आज मध्यान्हबाट १२ बजेदेखि पुलको मुखमा सडक भ्वाङ परेपछि दुवैतर्फी सवारी आवागमन बन्द भएको हो । सवारी आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।