शहिद स्मारक लिगः आज दुई खेल हुँदै

 शहिद स्मारक लिगः आज दुई खेल हुँदै

काठमाडौं, २४ बैशाख । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

 छैटौँ  जित निकाल्ने योजनासहित मैदानमा उत्रन लागेको मछिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ भने समान १४ खेलवाट १९ अंक जोडेर नवौँ स्थानको एपीएफ पनि छैटौ जितका लागि मैदानमा उत्रदैँछ । 

यसैगरी, एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुनेछ। सो खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ । पाँचौं जित निकाल्ने उदेश्यसहित मैदानमा उत्रन लागेको संकटा १४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा छ भने समान १४ खेलवाट २० अंक जोडेको आमी छैटौँ स्थानमा रहेको छ ।