स्थापना दिवसमा सशस्त्रको विविध कार्यक्रम, ३१ जनाले गरे रक्तदान

स्थापना दिवसमा सशस्त्रको विविध कार्यक्रम, ३१ जनाले गरे रक्तदान


काठमाडौं, ३० बैशाख ।सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीले स्थापना दिवसको अवसर पारी विविध कार्यक्रम गरेको छ ।सशस्त्र प्रहरीले देशका नागरिकको शान्ति सुरक्षा, विपतमा उद्दार मात्रै नगरी सामाजिक क्षेत्रमा उत्तरदायि छ भन्ने सन्देशका साथ रक्तदान, मधुमेह परिक्षण, सिमा क्षेत्र  तथा मन्दिरको सरसफाइ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्वर २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख एसपी दिपक थापाले बताए ।

१६ औं स्थापना दिवसको अवसरमा रगतको अभावले नै कसैको ज्यान जान नपाओस, रगतको संचितिमा सहयोग पुगोस भन्ने हेतुले गणभित्र रक्तदान कार्यक्रमको आयोजना गरेका हौू थापाले भने ।

 कार्यालयले दिवसको पूर्वसन्ध्यामा नेपाल–भारत सिमा क्षेत्र र मन्दिरमा बृहत सरसफाई गरिसकेको छ भने दिवसको अवसर पारेर शनिबार कार्यालय परिसरमा रक्तदान गरेको छ । लायन्स क्लब अफ भैरहवा लिगेसी र भिम अस्पतालको सहयोग र समन्वयमा कार्यालय परिसरमा रक्तदान र मधुमेह परिक्षण गरिएको गणका सूचना अधिकारी डिएसपी प्रेम प्रसाद सिग्देलले जानकारी दिए । 

सिमा सुरक्षा सँगै सशस्त्र प्रहरी बलले जिल्लामा हुने विभिन्न खालका विपद् तथा नागरिकहरूलाई आवश्यक परेको समयमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा प्रदान गर्ने गरेको छ भने विपद, महामारी तथा प्राकृतिक प्रकोपहरुमा सशस्त्र प्रहरी सशक्त रुपमा नागरिकको उद्दारमा क्रियाशील हुँदै आएको छ । रक्तदान कार्यक्रममा ३१ जना सशस्त्र प्रहरीले रक्तदान गरेका थिए ।