साफ च्याम्पियनसिपः आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

साफ च्याम्पियनसिपः आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै


काठमाडौं, १२ असार । आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो । अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। साविक उपविजेता नेपाल र पाकिस्तान दुबै टोली प्रतियोगिताबाट भने बाहिरिसकेका छन । समूह ‘ए’ मा रहेको नेपाल २ खेलमा अंक विहीन रहदै तेस्रो स्थानवाट बाहिरिएको हो भने पाकिस्तान पनि २ खेलमा अंक विहीन रहदै पुछारमा रहेर बाहिरिन पुगेका हो ।

दुबै टोली भारत र कुवेतसँग पराजित भएर प्रतिस्पर्धा बाहिर रहन पुगेका हुँन् । जसअनुसार पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो भने पाकिस्तान पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो।