अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं, ५ भदौ । नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।