राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसुची

राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं, १८ साउन । राष्ट्रियसभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संसद् सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराइने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यसैगरी, आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिने भएको छ ।