अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ

1.

धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।  
सोही गाउँपालिका-३ बस्ने २३ वर्षीय सरोज याख्खा समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

यस्तै प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

उता बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने २४ वर्षीय दिपक विक समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

अहिले उक्त विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।