कोरोना अपडेट: थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 

कोरोना अपडेट: थप १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 

पछिल्लो २४ घन्टामा देशभरि गरिएको नमुना परिक्षण गर्दा थप १ सय  ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज देशभरबाट १५९१ नमुना परीक्षण गर्दा १३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधिबाट १०१९ र एन्टिजेनबाट ५७२ नमुना परीक्षण गर्दा पीसीआरबाट ९२ र एन्टिजेनबाट ४४ को रिपोर्ट पोजिटिभ देखिएको छ।  

यस्तै संक्रमित मध्ये ६४ जना  निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९० पुगेको छ।