आईसीसी टी–२० विश्वकप एसिया छनोटः नेपाल र मलेसियाबीच प्रतिस्पर्धा

आईसीसी टी–२० विश्वकप एसिया छनोटः नेपाल र मलेसियाबीच प्रतिस्पर्धा


काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । सो खेल दिउँसो १ः १५ बजेबाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो । नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।