एमालेबाट सोलुमा मेयरको उम्मेद्वार बन्दै आङकाजी शेर्पा, जिल्लामा देखियो व्यापक जनलहर

एमालेबाट सोलुमा मेयरको उम्मेद्वार बन्दै आङकाजी शेर्पा, जिल्लामा देखियो व्यापक जनलहर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोलुखुम्बुको सदरमुकाम पुग्दा सल्लेरी पुगेर नेपाली काँग्रेसका प्रभावशाली नेता आङकाजी शेर्पालाई पार्टी प्रवेश गराएका छन् ।  नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका आङकाजी शेर्पासहित करिब ५ सयको संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

शेर्पा काँग्रेसको १४ औं महाधिवेशनमा अत्याधिक मतसहित निर्वाचित महाधिवेशन प्रतिनिधि हुन् । तर काँग्रेस नीति, विचार र सिद्धान्तमा ध्वस्त भई परिवारवाद र गुट, उपगुटको फोहोरले डंगुर जस्तो बनेको बताउँदै उनीसहितको समूह एमाले प्रवेश गरेको हो ।

शोलुमा राम्रो प्रभाव भएकोले आगामी स्थानीय निर्वाचनमा एमालेले उनै शेर्पालाई मेयरको उम्मेद्वार बनाउने भएको छ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शेर्पाले सोलुको सम्पूर्ण स्थानीय निकायमा एमालेलाई विजयी गराउने दाबी गरेका छन् ।