भरतपुरको मेयरमा कांग्रेस नेता जगन्नाथ पौडेल दिए वागी उम्मेदवारी

भरतपुरको मेयरमा कांग्रेस नेता जगन्नाथ पौडेल दिए वागी उम्मेदवारी

सत्तारूढ गठबन्धनले नेकपा माओवादी केन्द्रलाई मेयर पद छाडेको भरतपुर महानगरपालिकामा कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्वारी दायर गराएका छन् । सोमबार दिउँसो काँग्रेसको झण्डा र चुनाव चिन्ह तथा बाजागाजासहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

भरतपुरमा मेयर पद माओवादी केन्द्रलाई दिएपछि नेपाली काँग्रेसभित्र असन्तुष्टि चर्केको छ । कांग्रेस जोगाउने अभियान स्वरूप आफूले उम्मेदवारी दिएको पौडेलले बताए ।

पौडेलसँगै आएका कांग्रेस चितवनका पूर्व सभापति वयोवृद्ध नेता कृष्णलाल सापकोटाले पौडेललाई भरतपुरका सवै कांग्रेसले मत दिएर जिताउने बताए । पौडेल २०४९ सालको चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा विजयी भएका थिए ।