भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, सरकारलाई लाग्नेछ यस्तो प्रतिबन्ध

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, सरकारलाई लाग्नेछ यस्तो प्रतिबन्ध

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। निर्वाचन आयोगका एक आयुक्तका अनुसार बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागिएको हो। 

मतदानको कति दिन अगावैदेखि आचारसंहिता लागू हुने भन्ने उल्लेख नगरिए पनि आयोगले तोकेको मितिदेखि लागु हुने व्यवस्था ऐनमा रहेको आयोगका आयुक्त इश्वरी पौडेलले बताए ।

आसन्न निर्वाचनका हकमा भने करिब पैतीस दिन अगावैदेखि आयोगले आचारसंहिता लागू गर्न खोजेको हो । निर्वाचन आचारसंहिता लागू भएसँगै विभिन्न प्रतिबन्ध लगाइने छ भने निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न सरकारले पाउने छैन् ।