प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै एकजुट हुनुपर्छः सभापति देउवा

प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै एकजुट हुनुपर्छः सभापति देउवा

काठमाडौं, १३ जेठ । प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।

प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो ।“प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ”, सभापति देउवाले भने । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उनको भनाइ छ ।