आज चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्धामा संवैधानिक इजालासमा सुनुवाइ हुँदै

आज चोलेन्द्रको महाअभियोग निष्क्रिय सबन्धी मुद्धामा संवैधानिक इजालासमा सुनुवाइ हुँदै

काठमाडौं, ३ जेठ । आज तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनुवाइ आज संवैधानिक इजालासमा हुँदै छ । संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणा माथी लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संबैधानिक इजालासमा सुनवाई हुन लागेको हो । 

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।