कोशी आन्दोलनको क्रममा मृत्यु भएका लिम्बुलाई सरकारद्वारा सहिद घोषणा

1.

 सरकारले कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गरेको छ।  आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बुलाई शहित घोषणा गरेको हो।  

यस्तै उक्त बैठकले सहिद लिम्बूको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय समेत गरेको पर्यटनमन्त्री सुदन किराँतीले बताए। 

यसअघि आन्दोलनका क्रममा घाइतेपछि मृत्यु भएका लिम्बुलाई शहिद घोषणा गर्नु पर्ने उनको परिवारले माग गरेको थियो। उनी बेलबारी नगरपालिका–२, लालभित्तीका हुन्।  

गृह मन्त्रालयमा रहेको तथ्यांक हेर्दा अहिले नेपालमा शहीदको संख्या १२ हजार १ सय ९८ पुगेको छ ।