व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पेट्रोलियम पदार्थ सहज

व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पेट्रोलियम पदार्थ सहज

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुने भएको छ। आन्दोलनमा उत्रिएका व्यवसायी र आयल निगमबीच सहमति भएपछि इन्धनको आपूर्तिमा भइरहेको समस्या समाधान हुने भएको हो। 

शनिबार साँझ नेपाल आयलग निगम र  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका प्रतिनिधिबीचको वार्तामा सहमति भएसँगै आइतबार बिहान ८ बजेदेखि पेट्रोलियम पदार्थको विक्री वितरण सुरु हुने भएको हो।

सहमतिपछि आन्दोलनरत व्यवसायीहरु सबै विरोधका कार्यक्रमहरू स्थगन गरी पेट्रोलियम पदार्थ, एलपी ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्न तयार भएका हुन्।