आयरल्याण्ड दियो नेपाल एलाई फिल्डिङको निम्तो 

आयरल्याण्ड दियो नेपाल एलाई फिल्डिङको निम्तो 

काठमाडौं  । अन्तिम एक दिवसीय खेलमा आयरल्याण्ड एले टस जितेर पहिला ब्याटिङ गर्ने निणर्य गरेको छ । त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डका कप्तान निल रकले टस जितेर नेपाल एलाई फिल्डिङको निम्तो दिएका हुन् ।  

पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको नेपाल एले यो सिरिज भने गुमाइसकेको छ । नेपालले आज बसिर अहमद, मौसम ढकाल आरिफ शेख, र कमलसिंह ऐरीलाई बेन्चमा राखेर रञ्जित कुमार, रुपेश सिंह, विकाश आग्री र अर्जुन कुमाललाई मौदनमा प्रवेश गराउने भएको छ । 

नेपालको प्लेइङ ११ मा विनोद भण्डारी ९कप्तान०, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, शाहब आलम,  रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री छन् ।