नेपाल ए लाई आयरल्याण्ड वोल्भ्सले दियो २२५ रनको लक्ष्य

नेपाल ए लाई आयरल्याण्ड वोल्भ्सले दियो २२५ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २२५ रनको लक्ष्य दिएको छ । जारी टी–२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ६ विकेट गुमाउदै २२४ रन बनाएको हो ।आयरल्याण्ड वोल्भ्सका लागि कप्तान निल रकले सर्वाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले सर्बाधिक ६५ रन बनाएका थिए । 

त्यसैगरी जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एक एक विकेट लिएका थिए ।