इजरायल–हमास युद्धको १२ औं दिन, अहिलेसम्म झन्डै ५ हजार मारिए

इजरायल–हमास युद्धको १२ औं दिन, अहिलेसम्म झन्डै ५ हजार मारिए

काठमाडौं, २ कार्तिक । इजरायल–हमास युद्धमा १२ औं दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ । यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।इजरायलमा कुल १४०२ जनाको मृत्यु भएको छ भने ४४७५ जना घाइते भएका छन्।

गाजामा कुल ३ हजार ४८८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा १२ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । यसैगरी, वेस्ट बैंकमा ६५ जनाको मृत्यु भएको छ भने १३०० जना घाइते भएका छन् भने लेबनानमा २१ जनाको मृत्यु भएको छ ।