उकालो लाग्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

उकालो लाग्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य बृद्धि भएको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज भने तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज स्थिर हुँदै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।