त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या,आन्तरिक तथा बाहृय उडान प्रभावित

त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या,आन्तरिक तथा बाहृय उडान प्रभावित

त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण बिहीबार बिहानैबाट आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेका छन् । जसले गर्दा आज बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ । अन्य उडानहरू डिले भएको छ ।

अहिले त्रिभुवन विमानस्थलले प्रत्येक १५ मिनेटमा एक उडान वा अवतरण गर्न सकिने गरी प्रणाली चलाइरहेको छ । सामान्य अवस्थामा २(३ मिनेटकै अन्तरमा उडानरअवतरण हुने गर्छ । संचार उपकरण भएको विल्डिङमा पानी लिकेज भएर प्रणालीहरुमा खराबी आएको बताइएको छ ।

विमानस्थलमा समस्या आएपछि बिहीबार बिहानै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले अनुगमनसमेत गरेको छ । उता वायुसेवा कम्पनीहरूले भने जहाज उडानमा ढिलाइले उडानहरू प्रभावित भएको भन्दै यात्रुलाई फोन गरेर निर्धारित समयमा मात्र विमानस्थलमा जान अनुरोध गरेका छन् ।