उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

1.

उदयपुरको गाईघाटमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका–१४ निवासी ४३ वर्षीया तरणी मगर रहेका छन् ।

उनको प्रदेश १-०५-००१ प ६१५९ नम्बरको मोटरसाइकल (मे १ ख २१८४) को ट्रकले ठक्कर दिँदा आइतबार उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान र कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।