सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सिलिचोङ गाउँपालिका-३ ताम्कुबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ। सिलिचोङ-३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपालीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। सेनाको हेलिकोप्टरमार्फत नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए।

सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो। ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । 

उच्च रक्तचापबाटसमेत पीडित राईको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले बताए।