एनसेलको ८० प्रतिशत शेयर प्राधिकरणको स्वीकृति बिना नै खरिदबिक्री

एनसेलको ८० प्रतिशत शेयर प्राधिकरणको स्वीकृति बिना नै खरिदबिक्री


काठमाडौं । एनसेलमा आजियाटा समूहको ८० प्रतिशत शेयर नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति विना नै किनबेच गरिसकेको छ । मलेसियाको आजियाटा समूहले एनसेलमा भएको ८० प्रतिशत शेयर बिक्री गर्ने बुधबारका दिन घोषणा गरेको थियो । तर, दूरसञ्चार नियमावली, २०५४ को नियम १५ ९८० बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने प्रावधान छ ।

आजियाटा समूहले प्राधिकरणको स्वीकृति विना नै एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री भएको खुल्न आएको छ । शेयर खरिद बिक्री भएको थाहा पाए पनि प्राधिकरणमा स्वीकृतिको लागि केही सूचना नआएको प्राधिकरणले जनाएको छ ।

शुक्रवार एनसेल आजियटालाई प्राधिकरणले पत्र लेखिसकेको उनको भनाई छ । नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) नियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमति पत्र प्राप्त व्यक्तिले आफ्ना सेयर धनीको शेयर खरिद बिक्री वा नामसारी गर्नु पूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था छ ।