एमाले महासचिव पोखरेल नेतत्वको टोली चीन प्रस्थान

एमाले महासचिव पोखरेल नेतत्वको टोली चीन प्रस्थान


काठमाडौं, १७ भदौ । नेकपा एमालेका उच्चस्तरका नेता सामेल एक प्रतिनिधिमण्डल चीन भ्रमणमा गएका छन् । एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार साँझ चीनतर्फ प्रस्थान गरेका छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । टोलीमा रराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम लगायत २२ जना सहभागि रहेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता गर्ने नेपाली टोलीले सो क्रममा गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ ।