एमालेले मदन आश्रित स्मृति दिवसमा बल्खुमा विशेष कार्यक्रम गर्दै

एमालेले मदन आश्रित स्मृति दिवसमा बल्खुमा विशेष कार्यक्रम गर्दै

काठमाडौं, ३ जेठ । नेकपा (एमाले)ले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा आज मदन नगर, बल्खुमा विशेष कार्यक्रम गर्दैछ ।

एमालेका अनुसार ‘मदन–आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्वीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् ।

विहान ७.४५ बजे हुने सो कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणासमेत गरेको जनाएको छ ।जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो ।