आजको मौसम: मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम: मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशका पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। आज बिहान प्रदेश-१ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो भने  देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

सोमबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।