एमाले केन्द्रीय कमिटी बैठक आज, यस्ता छन् बैठकका एजेन्डा

एमाले केन्द्रीय कमिटी बैठक आज, यस्ता छन् बैठकका एजेन्डा

नेकपा (एमाले), केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्दै छ । 

चुनावमा केन्द्रित रहने बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन पेश गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् ।