एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो

एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को आवेदन फारम खुलाएको छ।बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने र भराउनेबारे आज सूचना निकालेको हो।

कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो। आवेदन आजदेखि मंसिर मसान्तभित्र भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ।

यस्तै, बोर्डले कक्षा ९ मा साधारण, परम्परागत र प्राविधिक धारतर्फ नियमित अध्ययनरत विद्यार्थीका लागि २०८१ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन फारम भर्न पनि सूचना निकालेको छ। रजिष्ट्रेशन फारमका लागि प्रतिविद्यार्थी तीन सय रुपैयाँ लाग्नेछ।