एसीसी प्रिमियर कपः युएईको लगातार दोस्रो जित

एसीसी प्रिमियर कपः युएईको लगातार दोस्रो जित

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत युएईले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा युएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो । युएईले दिएको २३७ रनको लक्ष्य पछाएको बहराइनले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । यस अघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर २३६ रन बांएको थियो ।

यो यस प्रतियोगितामा युएईको लगातार दोस्रो जित हो । युएईले यसअघि पहिलो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।यो जितपछि युएईको समुह बि मा २ खेलमा दुवै जितसहित ४ अंक भएको छ ।समुह अन्तर्गतकै आज सम्पन्न अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गरेको छ ।